अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम बीचशिखर वार्ता सकियो

काठमाडौं, जेठ २९ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको पहिलो शिखर वार्ता सकिएको छ ।

ऐतिहासिक वार्तापछि दुवै नेताले पहिलो वार्ता फलदायी भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले किमसँगको सम्बन्ध आगामी दिनमा पनि सौहार्दपूर्ण रहने विश्वास व्यक्त गर्दै पुराना मतभेदलाई भुलेर आफूहरू अगाडि बढिसकेको उल्लेख गर्नुभयो । दुईदेशबीच नयाँ शिराबाट सम्बन्ध स्थापति भएको उहाँको भनाइ छ ।

दुई नेताबीचको एक्लाएक्लै वार्तामा दोभासेमात्र सहभागी थिए । एक्लाएक्लै वार्तापछि द्विपक्षीय प्रतिनिधिमण्डलको वार्ता भइरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उत्तर कोरियाली प्रतिनिधिमण्डल आजै प्योङयाङ फर्कने कार्यक्रम छ भने ट्रम्प पनि आजै अपराह्न अमेरिका फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *