मलेसियामा नेपालीलाई ठग्ने ६ जना नेपाली पक्राउ
२०७४ जेठ १५ गते

साउन २६, मकालु खबर । गैर कानुनी रुपमा मलेसियामा बस्दै आएका नेपाली कामदारलाई कानुनी कागजात बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मलेसियन प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेको छ ।
स्याङ्गजाका नेत्रबहादुर क्षेत्री नाम गरेका नेपालीसहित उनका ६ जना सहकर्मीलाई पक्राउ गरेको मलेसियन प्रहरीले जनाएको छ । गैर कानुनी रुपमा बस्दै आएका कामदार प्रतिब्यक्तिसँग उनीहरुले १ लाख देखि डेढलाखसम्म रुपैयाँ उठाएको पीडितहरुले बताएका छन् ।

रकम उठाएपनि उनीहरुले कुनै पनि नेपालीलाई कागजात उपलब्ध गराएका थिएनन् । नेपाली दुतावासकै ग्राउण्ड फ्लोरमा बसेर उनीहरुले ठग्दै आएको मलेसियामा रहेका नेपालीहरुले बताएका छन् । उनीहरुले ४० देखि ६० जनासँग रकम उठाएको खुल्न आएको छ । उनीहरुको साथबाट एक जना इन्डोनेसियन महिला पनि पक्राउ परेकी छिन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








