पैसा फोटोकपी गरेको अवस्थामा एक युवक नक्कली नोट सहित पक्राउ

बुटवल :  पैसा फोटोकपी गरेर नक्कली पैसाको कारोबार गर्ने एक युवक नक्कली नेपाली नोट सहित बुटवलबाट पक्राउ परेका छन् । बुटवलको मिलनचोकमा रहेको प्रभु बैंकमा नियमित रुपमा नक्कली नोट जम्मा गरेको सूचनाका आधारमा मंगलबार राति ती युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने व्यक्ती बुटवलको दविनगरमा बस्दै आएका २१ वर्षीया सन्तोष मल्ल हुन । उनको साथबाट प्रहरीले एक हजार दरको नोट ३ सय ४९ र ५ सय दरको नोट १ सय ५ थान प्रहरीले बरामद गरेको छ ।

नगदसँगै प्रिन्टर, ल्यापटप, पैसा छाप्ने कागजहरु नियन्त्रणमा लिएको छ । अर्फन हेल्पिङ नामक संस्था सञ्चालन गरेका मल्लको बुद्धनगरको डेरा र अफिसबाट सो नगद बरामद गरिएको हो । बरामद नगद मध्य १ लाख १५ हजार प्रभु बैंकमा जम्मा भएको थियो । पहिलो पटक एक लाखको गड्डीमा एक हजार, दोस्रो पटकमा १४ हजार रुपैया उनले बैंकमा जम्मा गरेका थिए । बैंकका कर्मचारीले दुई पटक नक्कली नोट जम्मा गर्दा समेत पत्तो नपाएपछि उनले एक लाख नै बैंक काउण्टर पुर्‍याएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो।

तेस्रो पटक आफ्नो खाताबाट एक लाख निकालेर सक्कली पैसा खल्तीमा राखी नक्कली पैसा फिर्ता गरेर ५ सय दरको नोट बैंकसँग मागेर घर लगेका थिए । निकै चनाखो शैलीमा साटिएको नोट बैंकका कर्मचारीले पछि मात्रै पत्तो पाएर प्रहरीलाई खबर गरे । अन्तिम पटक मल्लले जेठ २२ मा एक लाख साटेका थिए। प्रहरी नियन्त्रणमा रहेका मल्लले बुटवलका केही व्यक्तिहरुको प्रोफाइल सहितको पुस्तक निकालेर पैसा संकलन गर्दै आएका थिए । उनीसँग अरु संलग्नता रहेको नरहेको विषयमा अनुन्धान जारी रहेको बताइएको छ ।

नक्कली नोट अपचलन गरेको अभियोग प्रमाणित भए मुलुकी ऐन २०२० खोटाचलनको महलको ४ नम्बर विगो बमोजिमको जरिवाना तथा दश वर्ष कैदको व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =