११ बजे पाँच दलसँग देउवाको ‘फेस टु फेस’

काठमाडौं, पुष ७ । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दल बन्न सफल पाँच राजनीतिक दललाई डाकेका छन् । आज शुक्रबार ११ बजेका लािग प्रधानमन्त्री निवास बालृुवाटारमा बैंठक बस्दैछ ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिएअनुसार सम्पन्न निर्वाचनको मतगणना सकिएको अवसरमा मतपरिणाम प्रकाशन, राष्ट्रिय सभाको गठन लगायतका विषयमा देखिएका विवादबारे छलफल बैठक डाकिएको हो भने राष्ट्रिय सभाबिना नै नयाँ सरकार गठनका विषयमा पनि दलहरुबीच विवाद भइरहँदा यस विषयमा पनि छलफल हुने परियारले बताए ।

उता, निर्वाचन आयोगले राष्ट्रिय सभाको गठन नभई प्रतिनिधि सभामा दलहरुले पठाउनु पर्ने महिलाको संख्या तोक्न नसकिने बताउँदै आएको छ। राष्ट्रिय सभाको गठनसम्बन्धी बनेको अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ। अध्यादेशमा उल्लेख गरिएको एकल संक्रमणीय निर्वाचन प्रणालीबारे दलहरुले फरक धारणा राख्दै आएका छन्।

सरकारले सो अध्यादेश संविधानसम्मत भएको दाबी गरिरहको छ भने एमालेले अध्यादेश असंवैधानिक भएको जिकिर गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *