अटोरिक्सा दुर्घटनामा तीनको मृत्यु

सुर्खेत, जेठ,२७ । पञ्चपुरी नगरपालिकामा आईतबार अपराह्न अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सुर्खेत बाबियाचौर देखि मुरमुरी तर्फ जाँदै गरेको भे१घ २१३५ नं को अटोरिक्सा अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पञ्चपुरी नगरपालिका–५ का २४ वर्षीया विनिता शाही र उनकी आठ महिनाकी छोरी प्रतीक्षा तथा सोही वडाकै अटो रिक्सा चालक २६ वर्षीय अशोक रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइतेको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *