स्कुलमा परेको चट्याङबाट दुई विद्यार्थीको ज्यान गयो

वीरेन्द्रनगर,जेठ २७ । सुर्खेतको एक विद्यालयमा पढिरहेका विद्यार्थीमाथि चट्याङ्ग पर्दा दुई विद्यार्थीको ज्यान गएकोे छ । चिंगाड गाउँपालिका–४ मटेलाको प्राथमिक विद्यालय धनापानीमा चट्याङ्ग पर्दा दुई विद्यार्थीको मुत्यु भएको हो ।

आइतबार बिहान ११ बजेतिर कक्षामा दोस्रो विषय अध्ययन गरिरहेकै अवस्थामा तीव्र वर्षासँगै परेको चट्याङ्गबाट मटेलाका ७ वर्षीय अम्बरबहादुर चन्द र अर्की ७ वर्षीया निर्मला चन्दको मृत्यु भएको हो ।

स्थानीय समाजसेवी डोरप्रसाद शर्माका अनुसार, कक्षामा पढाइरहेका बेला टिनको छानामाथि एक्कासी चट्याङ्ग परेपछि दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर अन्य सात जना घाइते भएका छन् । चट्याङ्गबाट घाइते सातमध्ये पाँचजनाको मटेला स्वास्थ्य चौकीमै सामान्य उपचारपछि घर फर्काइएको छ भने, दुईजनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =