TEDx Youth @ KamalPokhari कन्फरेन्स हुँदै

काठमाडाैं, जेठ २७ । अाउँदाे जुलार्इ ७ मा युवाहरूमा सकारात्मक साेचकाे विकास गराउने उद्देश्यले TEDx Youth @ KamalPokhari अायाेजना हुने भएकाे छ । ग्रेस इन्टरनेसनलसँगकाे सहकार्यमा TEDx Youth @ KamalPokhari ले युवाहरूलार्इ सकारात्मक तथा उत्प्रेरणा प्रदान गर्न याे कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।

समाज परिवर्तन र राष्ट्र निर्माणमा युवाहरूकाे सकारात्मक साेच अावश्यक भएकाेले युवाहरूलार्इ विभिन्न क्षेत्रमा नयाँ अाइडिया संकलन गरेका सफल ब्यक्तिहरूकाे विचार प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे अायाेजक TEDx Youth @ KamalPokhari का कार्यक्रम काे-अर्डिनेटर प्रयास तिवारीले बताए । ब्यक्तिगतरूपमा संगठित भएका युवाहरूले क्यानडाकाे TEDx Youth सँगकाे सहकार्यमा याे कार्यक्रम अायाेजना गरेका हुन् ।

भृकुटी मण्डप स्थित नेपाल पर्यटन बाेर्डकाे हलमा अायाेजना हुने युवा-नेतृत्व कार्यक्रममा नेपालमा सृजनशिल काम गरेर चर्चा कमाएका १० जना ब्यक्तिहरूले सकारात्मक विचार राख्ने बतार्इएकाे छ । कार्यक्रममा खालिसिसीका संस्थापक अायुशी केसी, ग्लाेकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक अाशिष ठाकूर, साहित्यकार नवराज पराजुली, मिस नेपाल अर्थ प्रिया सिग्देल, सामाजिक राजनितिक ब्यक्तित्व रञ्जु दर्शना, वाटर माेटरसाइकलका संस्थापक अशिम पाण्डे, स्नेहाज केयरका स्नेहा श्रेष्ठले अा-अाफ्ना विचार राख्ने छन् ।


अायाेजक TEDx Youth @ KamalPokhari का लाइसेन्सी, क्यूरेटर र सह-आयोजक प्रयास तिवारीले अहिलेकाे परिवर्तन र नयाँ युगलाई प्रतिनिधित्व गरी युवाहरूमा नयाँ विचार र अाइडिया प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम अायाेजना गरिएकाे हाे ।

ग्रेस इन्टरनेशनलका निर्देशक एन्ड्रयु पाैडेलले युवाहरूलाई उत्प्रेरित गर्न तथा उनिहरूकाे नयाँ अाइडियालार्इ प्रस्फुटन गराउन कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रममा सहभागिता जनाउने युवाहरूले https://tedxyouthkamalpokhari.com/ लिंकबाट आवेदन दिन सक्ने ब्यवस्था गरिएकाे छ । कार्यक्रममा सहभागी हुनका लागि विद्यार्थीले रू ७ सय ५० र अन्यले एक हजार शुल्क बुझाउनु पर्दछ । अायाेजकले सहभागिता जनाउनेहरूकाे ब्यक्तिगत विवरण अध्ययन गरेर मात्र सहभागी गराउने जनाएकाे छ । कार्यक्रममा १ सय युवाहरूकाे मात्र सहभागिता लिइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *