रुस विश्वकपमा नेपाल सहभागी हुन सांसद खतिवडाले दिए गज्जबको सुझाव

काठमाडौँ, जेठ २७ । संसदको आइतबारको बैठकमा सांसद विरोध खतिवडाले विश्वकप फुटबललाई प्राथमिकता दिएका छन् । रुस विश्वकप फुटबल २०१८ सुरु हुन केही दिन मात्र बाँकी रहँदा मिस नेपाल श्रृङ्खला खतिवडाको पिता समेत रहेका नेकपाका सांसद खतिवडाले विश्वकप महोत्सवमा नेपाल कसरी सहभागी हुने सन्दर्भमा गज्जबको सुझाव दिएका हुन् ।

विश्वकप फुटबल आयोजना हुँदै छ, भलै नेपाल सहभागी हुन पाएन, यो विश्व महोत्सवमा नेपाल कसरी सहभागी हुने ? भन्दै सांसद खतिवडाले यो विश्व महोत्सवमा नेपाली सहभागी हुने गज्जबको प्रसंग अघि सारेका छन् ।

उनले भने, विश्वकप फुटबल आयोजना हुँदैछ भलै यसमा नेपाल सहभागी हुन पाएन । यो विश्व महोत्सवमा नेपाल कसरी सहभागी हुने ? नेपाल सरकारले के गर्दैछ ? खेलकुद मन्त्रालयले के गर्दैछ ? मैले एउटा सुझाव दिन चाहन्छु ।

हाम्रो यो संसद भवनमा पानीट्याङ्की छ माननीय सभामुखज्यु, फुटबल जस्तो गोलो, यसो हेर्दा ठ्याक्क वल्र्डकप उठाएको जस्तो पनि छ । त्यसलाई फूटबलको आकार दिएर डिजिटलमार्फत् विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने अत्यन्त आकर्षक, सुहाउँदो र नेपालको सहभागिता पनि हुन्छ ।

‘त्यसलाई फुटबलको आकार दिएर डिजिटलमार्फत विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने आकर्षक र नेपालको सहभागिता पनि हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *