विश्वकप ‘वार्मअप’ :स्पेन र अस्ट्रेलियाकाे जित हात, फ्रान्स बराबरीमा

काठमाडौं, जेठ २७ । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअघि भएको वार्मअप खेलमा पूर्व विश्वविजेता स्पेन र अस्ट्रेलियाले कठिन जित हात पारेका छन्।

स्पेनले ट्युनिसियालाई १–० गोलले पराजित गरेको हो। स्पेनको जितमा लागो अस्पासले ८४ मिनेटमा गोल गरेका थिए। विश्वकपमा स्पेन समूह सीमा छ। ट्युनिसया समूह जीमा छ।

यता अस्ट्रेलियाले हंगेरीलाई २–१ गोलले पराजित गरेको छ। अस्ट्रेलियाका लागि अर्जानीले ७४ मिनेटमा गोल गरेका थिए। त्यसपछि दुई गोल आत्मघाती भयो। ८८ मिनेटम हंगेरीका सेन्सवरीले आफ्नै पोस्टमा गोल गर्दा अस्ट्रेलियाले अग्रता दोब्बर पारेको थियो।

दोस्रो हाफको इन्जुरी टाइममा अस्ट्रेलियाका कादरले आफ्नै पोस्टमा गोल गर्दा खेल २–१ मा अवस्थामा सकियो। विश्वकपमा एसियन च्याम्पियन अस्ट्रेलिया समूह सीमा छ।

यता समूह ईमा रहेको फ्रान्सलाई अमेरिकाले १–१ गोलको बराबरीमा रोकेको छ। अमेरिकाका ग्रिनले ४४ मिनेटमा गोल गरेका थिए। तर ७८ मिनेटमा केलियन एमबाप्पेले बराबरी गोल फर्काए।

अन्य खेलमा मोरक्कोले इस्टोनियालाई ३–१, सर्वियाले बोलिभियालाई ५–१, डेनमार्कले मेक्सिकोलाई २–० गोलले पराजित गरेका छन्। स्विडेन र पेरुले भने गोलरहित बराबरी खेलेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =