ग्राण्डस्लामको फ्रेञ्च ओपनको महिलातर्फको उपाधि रोमानियाकी हालेपलाई

काठमाडौं, जेठ २७ । ग्राण्डस्लाम टेनिस प्रतियोगिता फ्रेञ्च ओपनको महिलातर्फको उपाधि रोमानियाकी सिमोना हालेपले जितेकी छन् ।

शीर्ष वरियाताकी हालेपको यो पहिलो ग्राण्डस्लाम उपाधि हो । उनले शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी स्लोन स्टेफेन्सलाई हराइन् । २–१ को सेटमा जित हासिल गरेकी हालेपले पहिलो सेट गुमाए पनि बाँकी दुई सेटमा उत्कृष्ट पुनरागमन गरेकी थिइन् ।

पहिलो सेट ३–६ ले गुमाएकी उनले दोस्रो र तेस्रो सेटमा क्रमशः ६–४ र ६–१ को सहज जित निकालिन् ।

सिमोनाले तेस्रो प्रयासमा फ्रेञ्च ओपनको उपाधि जितेकी हुन् । यसअघि उनी २०१४ र २०१७ मा पनि फाइनलमा पुगेर पराजित भएकी थिइन् । गएको वर्ष उनी लात्भियाकी जेलेना ओस्टापेन्कोसँग पराजित भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *