राष्ट्रिय सभा कार्यसञ्चालन नियमावली आज पारित हुने

कठमाडौं, जेठ २७ । प्रतिनिधिसभाको नियमावली पारित भएसँगै राष्ट्रिय सभाकार्यसञ्चालन नियमावलीपनि पारित हुने बाटो खुलेको छ ।

आज बस्ने राष्ट्रियसभा बैठकले नियमावलीपारित हुने सम्भावना छ । प्रतिनिधिसभा र राष्ट्रिय सभादुवैको नियमावलीमा नैतिकपतन देखिने, फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन हुनुपर्ने वा नपर्ने विषयमा सत्तारुढ र प्रतिपक्षदलहरु बीचविवाद् थियो ।

प्रतिनिधिसभामा निलम्बनको प्रावधान नराखी शुक्रबार नियमावली पारित गरिसकेको छ । प्रतिपक्षदल कांग्रेस र राजपाको माग अनुसार सत्तारुढ दल नेकपाले निलम्बनको विषयमा सहमति जनाएको र प्रतिपक्षीले समितिहरुको प्रस्तावित संख्या घटाउनु पर्ने अडानबाट पछि हटेपछि नियमावलीमा सहमति जुटेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *