बजेटको अभावमा कुनै पनि विकासको काम रोकिन हुन्न : प्रधानमन्त्री

विराटनगर,जेठ,२६ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटको अभावमा कुनै पनि विकासको काम रोकिन नहुने बताएका छन् ।

प्रदेश सरकारलाई श्रोत साधन सम्पन्न बनाउन संघीय सरकार लाग्ने भन्दै उनले विकासे योजना बनाएर ल्याउन प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।

‘तपाईहरु बजेट अभावका कारण योजनाहरु नरोक्नुस् । आवश्यक योजना बनाएर संघीय सरकारमा पठाउनुस्’ उनले भने, ‘यदि संघीय सरकार सँग पनि बजेट अभाव भए विदेशबाट ऋण लिएर भएपनि तपाईहरुको योजना सफल बनाउन सहयोग गर्छौं । तर बजेटको अभावमा कुनै पनि विकासको काम रोकिन हुन्न ।’

शनिबार प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्ति र समूहले संघ र र प्रदेश सरकारबीच स्रोत साधन प्रत्यायोजनलाई लिएर द्वन्द्व रहेको भ्रम फैलाएको आरोप लगाए । उनले भने, ‘प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारको अंग हुन्, संघीय सरकारका अंगसँग कसरी द्वन्द्व हुन्छ ?’

प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले बोल्न पाउने तर, खाना नपाउने अवस्था वास्तविक लोकतन्त्र नभएको बताए । उनले भने ‘यो जनताको सेवा गर्न बनेको सरकार हो शासन गर्न होइन । कोहीपनि जनता अब भोकै मर्न पदैन किनकी यहाँ जनताको सरकार छ ।’

केहीले अधिनायकवाद आउँछ भन्ने गरेको भन्दै उनले व्यवहारमा हेर्न आग्रह गरे । ‘जनताको शासन भएको यो सरकारको दायारा फराकिलो हुनुपर्छ, सबै जनताले खाना पाउनु पर्छ बोल्नु पाउनु पर्छ । अबको अवस्था त्यही हुनेछ, त्यतै हुनेछ’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =