गोर्खा डिपार्टमेन्ट स्टोरको ‘मल्टीप्लेक्स सिनेमा हल’ सञ्चालनमा

“
सुनसरी, जेठ २६ । केही महिना अघि मात्र सुनसरीको धरानमा व्यापारिक केन्द्रको रुपमा सञ्चालनमा आएको गोर्खा डिपार्टमेन्ट स्टोर परिसरमा मल्टी ‘मल्टीप्लेक्स सिनेमा हल’ समेत सञ्चालनमा आएको छ ।
हलका सञ्चालक हेमु थापाले दिएको जानकारी अनुसार क्युएफएक्स अन्तर्गतकै अन्य कुनै पनि हल यसअघि डिपार्टमेन्ट स्टोरको कुनै पनि शाखामा सञ्चालनमा भने आएको थिएन । हलका कर्मचारीका अनुसार हिन्दि चलचित्र काला र नेपाली चलचित्र चङ्गा गरी दुई वटा चलचित्रको ४ वटा सो राखिनेछ ।
हल सञ्चालक थापाका अनुसार भुकम्पका दृष्टिले पनि भवन र हल दुवै सुरक्षित रहेकाले दर्शक ढुक्कले चलचित्र हेर्न सक्नेछन् ।
साढे ५ करोडको लागतमा सञ्चालनमा आएको सो सुबिधासम्पन्न हलमा दर्शकले ३ सयको टीकट काटेर चलचित्र हेर्न सकिनेछ भने अबको ढेड महिनापछि अर्को एउटा हल समेत थपिने थापाले जानकारी दिएका छन् ।
हलको रिबन काटेर उदघाटन भने धरान उप-महानगरपालिकाकी उपमेयर मन्जु भण्डारीले गरेकी थिईन् ।
“








