सरकारले मैले भनेको सबै कुरामा बजेट पनि घटाएको छ -देउवा

“
डडेल्धुरा, जेठ,२६। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकीकृत गर्न आवश्यक रहेको बताएका छन् ।
शनिबार डडेल्धुरा जिल्ला सम्मेलनको उद्धघाटन गर्दै देउवाले आफूले अघि सारेको कार्यक्रम खाइदिएको भन्दै उनले सरकारको आलोचना गरे ।
‘मैले लागू गरेको वृद्ध भत्ता, किड्नी तथा कलेजो क्यान्सर विरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको छ’ पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले भने ‘सरकारले मैले भनेको सबै कुरामा बजेट पनि घटाएको छ ।’
आफ्नो सरकार हुँदा पेट्रोलियम पदार्थको मूल्य बढेको बेला सबैले आल्दोलन गरेको तर अहिले ३ महिनामा ३ पटक मूल्य बढाउदा समेत मुखदर्शक बनेको उनको आरोप छ । कार्यक्रममा हल्ला भएपछि एकछिन मेरो कुरा सुन्नुहोस् भन्दै उनले भने ‘मेरो मात्रै विरोध गर्ने, ओलीको गरेको कामको विरोध नगर्ने र ?’
सभापति देउबाले पार्टीलाई पुरानै अवस्थामा फर्काइ छाड्ने बताएका छन् ।
“








