धरानमा लागूअाैषध काराेबार फस्टाउँदाेः एक हप्तामा लागुऔषध सहित ८ प्रक्राउ

धरान, जेठ २६ । सुनसरीको धरानबाट एक हप्ताको अन्तरालमा आठ जना लागु औषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ परेका छन् । शनिबार ईलाका प्रहरी कार्यलय धरानले पक्राउ परेका लागु औषध प्रयोगकर्ता तथा कारोबारीहरुलाई पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्दै सो कुरा जानकारी गराएको हो ।

सम्मेलनमा धरान उपमहानगरपालिकाका बिभिन्न स्थानहरुबाट बिभिन्न मितिमा ८ जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यलय धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।

पौडेलका अनुसार उनीहरुलाई धरान-१३ स्थित डुकु होटल तथा अन्य स्थानहरुबाट प्रक्राउ गरीएको हो ।

 

पक्राउ पर्नेमा धरान-१३ का रबिन शाह, धरान-१ का बिनय मगर, सौगात खबास, धरान-३ का सुरज शाह, सिद्धराज कार्की, झापा धरमपुरका अजय राई र धरान-८ का नबिन खड्का रहेका छन ।

त्यस्तै धरान-६ बाट को १ ह ९७४२ नम्बरको ट्याम्पुको सिट मुनिबाट प्रहरीले नाईट्रोसन २६० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन प्लस ६३ क्याप्सुल सहित चालक धरान-११ बस्ने भबिन तामाङ्ग र धरान-६ बस्ने समिर बस्नेतलाई समेत पक्राउ गरेकाे छ ।

बरामद लागुऔषध, ट्याम्पु र प्रक्राउ परेका आठै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय धरानका डिएसपी पौडेलले जानकारी दिए ।

उनले लागूअाैषध काराेबार र सेवनमा संलग्नलार्इ लागूपदार्थ काराेबार एेन अनुसार कारवाही अघि बढार्इने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =