तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङ रिहा

जेठ २५, सुनसरी । नेपाल तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङ रिहा भएका छन् । आज गुरुङ सात हजार धरौटीमा रिहा भएका हुन् । उनलाई दुई साता अघि जग्गा विवादमा प्रहरीले अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गुरुङलाई सात हजार धरौटीमा रिहा गरेको हो । सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेम प्रकाश उप्रेतीले गुरुङलाई सात हजार धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् ।

गुरुङलाई तरहरा–२० गोल्डेन चौक स्थित जग्गाको विषयमा विवाद उत्पन्न हुँदा कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सो जग्गा तरहरा बजारको डिसिटी क्लब नजिक पर्दछ । जसका संधियार तरहराका शम्भु खडका, सिजन गुरूङ र तिर्थ कुमारी गिरी छन् । २०६८ सालमा बाटो बनेपछि जग्गामा बिवाद सुरू भएको थियो ।

जग्गा विवाद सुरु भएसँगै स्थानीय स्तरमा विभिन्न सामाजिक काम गर्दै आएका सिजन गुरुङले आफ्नो भागको जग्गामा बासका टहरा निर्माण गरेर गरिब दुःखीलाई आस्रय दिँदै आएका थिए ।

गुरुङले ती टहरामा विभिन्न ब्यवसाय गरेर बसेकालाई निःशुल्क बस्न दिएपनि उनलाई पैसा उठाउने गरेको आरोप लगाईएको थियो । तर, त्यहाँ टहरा बनाएर खाजा पसल सञ्चालन गर्दै आएका इन्द्रकुमार राई, गीता पुरी र तिर्थ राईले भने आफुहरुबाट गुरुङले कुनै भाडा नलिएको बताउँदै आएका छन् ।

उनलाई प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्धा दायर गरि इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेको बताईएपनि राजनीतिक पूर्वाग्रह साँध्नका लागि पक्राउ गरिएको तरुण दलको भनाई थियो । गुरुङको विना शर्त रिहाईका लागि नेपाली कांग्रेसका शक्तिशाली नेता पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत लगायत सुनसरी पुगेका थिए । भने, १ नं. प्रदेशको प्रदेश सभामा समेत बहस चलेको थियो ।

जेठ ११ गते उनलाई जग्गा बिवादमा प्रहरीले पक्राउ गरेको थियो । गुरुङलाई १५ दिनसम्म हिरासतमा राखिएको थियो । रिहा भएपछि गुरुङलाई पार्टीका नेताहरुले भव्य रुपमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *