प्रधानमन्त्रीप्रति देउवाको आक्रोसः ओली ‘राष्ट्रवादी होइन, लम्पसारवादी’ हुन्

“
धनगढी, जेठ २५ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुँदा गौरीफन्टा नाका खोल्ने सहमति गरेको तर ओलीले उक्त एजेण्डा छाडेको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओली ‘राष्ट्रवादी होइन, लम्पसारवादी’ भएको आरोप लगाउँदै देउवाले भने, ‘गौरीफान्टा नाका बन्द गर्ने षड्यन्त्र भएको छ, यो हामी कुनै हालतमा मान्दैनौं ।’ साथै उनले प्रधानमन्त्री ओलीले जि हजुरी गरेर सबै भारतलाई बुझाउने गरेको आरोप लगाए ।
आफ्नो सरकारका पालामा सुरु भएको किड्नी, इस्पाइल इन्जुरीका विरामीलाई भत्ता दिने र ६५ वर्षमा बृद्धभत्ता दिने निर्णय खारेज गरेर ओलीले बदमासी गरेको उनको आरोप छ ।
मुलुकमा कम्युनिष्टको शासन शैली देखिइसकेको भन्दै देउवाले जबर्जस्ती आफ्नो विचार लाद्ने षड्यन्त्र भइरहेको बताए । ‘जबर्जस्ती आफ्नो विचार लाद्ने षड्यन्त्र हुनेछ । त्यसबाट प्रजातन्त्र जोगाउनु्पर्ने छ’ उनले भने ।
“








