फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

काठमाडौ, जेठ २५ । प्रतिनिधिसभा नियमावली २०७५ शुक्रबार पारित भएको छ । आज बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो ।

नियमावलीको पक्षमा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेसलगायतका दलले मत दिए पनि स्वतन्त्र सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले विपक्षमा मतदान गरेका थिए ।

नियमावलीमा नेपाली कांग्रेसले राखेको संशोधन प्रस्ताव फिर्ता लिएको थियो ।

नियमावलीमा संसदको कार्यसूची अघिल्लै दिन सांसदहरुलाई दिने व्यवस्था राखिएको बताए ।

त्यस्तै सांसदहरुले शून्य समय र विशेष समयमा उठाएको विषयको सरकारले ५ दिनभित्र संबोधन गर्नै पर्ने व्यवस्था पनि नियमावलीमा राखिएको छ ।

संसदमा महिनामा दुई पटक सांसदहरुले कार्यकारी प्रमुखलाई सिधा प्रश्न गर्न पाउने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था पनि राखिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २७ गते आइतबार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *