सुन तस्कर गोरेका विश्वसनीय पात्र राम तिवारी पक्राउ

काठमाडौ, जेठ २५ । त्रिभुवन विमानस्थलबाट पक्राउ परेका ४६ वर्षीय राम तिवारी काठमाडौका विभिन्न स्थान घर तथा जग्गा भएको खुलेको छ ।

चुडामणि उप्रेती ‘गोरे’का मुख्य सहयोगी तिवारीको अथाहा सम्प्तिका साथै काठमाडौको गौरीघाट, कोटेश्वरमा घर र ठमेलमा १० आनाभन्दा बढी जग्गा रहेको छ ।

सुन प्रकरण छानबिन समितिका एक सदस्यले भने, ‘छोटो समयमै तिवारीले सम्पति कसरी जोडे अनुसन्धान गर्दैछौं ।’

समितिले तिवारीलाई पहिले पनि पक्राउ गरी अनुसन्धान गरेको थियो । तर अनुसन्धानमा सुन तस्करीमा संलग्न नभएको प्रमाण फेला नपरेपछि उनी छुटेका थिए ।

तिवारी छानबिन समितिबाट फुत्के लगतै दक्षिण कोरिया पुगेका हुन् । समितिका सदस्यले भने ‘अहिले भने प्रमाण नै फेला पारेर पक्राउ गरेका हौँ।’

तिवारी गोरेका विश्वास पात्र हुन् । गोरेले लगानी गरेका जग्गाको कारोबार समेत उनैले रेखदेख तथा बिक्री गर्ने गरेको अनुसन्धानमा देखिएको छ । तिवारीको कालोपुल र कुपन्डोलमा मोटर ग्यारेज रहेको छ । कालोपुलको ग्यारेज भने साढे सात लाख रुपैयाँमा भाडामा दिएका छन् । समितका सदस्यले भने, ‘पहिले आफै ग्यारेज चलाएका थिए । तर केही वर्षदेखि ग्यारेज भाडामा दिएको देखियो ।’

तिवारीले गोरेसँग प्रहरी, वकिलदेखि सरकारी कर्मचारीसम्म सेटिङ मिलाउने गरेका थिए । गोरेले प्रहरीसँगको सेटिङ मिलाउन पनि उनै तिवारीलाई जिम्मेवारी दिएका थिए ।

तिवारीको गुण्डा नाईके गणेश लामासँगसमेत पार्टनरसिपमा काम गरेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =