आगामी १७ सेप्टेम्बरमा बेलायती काँग्रेसीहरुको अधिवेशन हुँदै

काठमाडौं, असार २६ । नेपाली काँग्रेसनिकट नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन आगामी सेप्टेम्बर १७ का लागी तय भएको छ । लामो समयदेखि अधिवेशन हुने या नहुने अन्योलमा थियो ।

समितिले केन्द्रसँग परामर्श गरेसँगै आगामी १७ सेप्टेम्बरमा अधिवेशन सम्पन्न हुन लागेको हो । बेलायतजस्तो विकसित देशमा अधिवेशन सम्पन्न हुन नसक्नु दुःखको कुरा पनि हो पूर्व समितिका अध्यक्ष लोक गुरुङले भने,‘तर आगामी १७ सेप्टेम्बरमा अधिवेशन सम्पन्न हुँदैछ ।’ यसले नयाँ नेतृत्व चयन गर्नेछ उनले अघि भने ।

यसअघि जुलाई ९ मा सम्पन्न वृहत भेलाले आगामी १७ सेप्टेम्बरमा नै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । उक्त भेलामा यदि नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्पन्न गर्न नसके स्वतः समिति भंग हुने निष्कर्ष समेत निकालिएको अध्यक्ष गुरुङले बताए ।
अधिवेशनको तयारी विगतमाझै क्रियाशिल सदस्यहरुले मतदान गर्न पाउँने र समितिको विद्यानअुरुप नै योग्यता पुगेका साधारण सदस्यहरुले समेत मतदान गर्न पाउँने छन् । यसरी मतदानमा भाग लिन योग्य शुल्क बुझाएमा साधारण सदस्यहरुले पनि क्रियाशिल सदस्यता प्राप्त गर्न सक्नेछन् ।

उक्त भेलामा विभिन्न व्यक्तिहरुलाई आफ्ना धारणा राख्ने अवसर पनि दिइएको थियो । जसमा देशको बद्लिदो परिस्थिति र युवाहरुको राजनीति प्रति सकारात्मक सोच अनि भावी देशको नेतृत्व गर्न सक्ने युवा जमातको बाक्लो उपस्थिति रहेको थियो ।
जनसम्पर्क समिति बेलायत अधिबेशनको अतिथ्य तथा व्यवस्थापन समितिका लागि चीरञ्जीवी ढकालको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय पनि गरिएको थियो । ढकालको संयोजकत्वमा विनय अधिकारी, प्रवेश के.सी., रितेश पाण्डे, शान्ता, विनोद लामिछाने,तस्बिर लामा, कुश बस्नेत,शिव तिमल्सिना, राजेन्द्र सुवेदीसहित अन्य सदस्यीय रहने गरि उपसमिति निर्माण गर्ने निर्णय भएको थियो ।

तोकिएको समयमा अधिवेशन सम्पन्न गर्न बोलाइएको भेलामा डा. मिन रानाभाट, रामकुमार त्रिपाठी, युवराज गुरुङ, विज्ञान प्रसाई,लोक गुरुङको प्रमुख भूमिका रहेको थियो । उनीहरुले कुनै पनि हालतमा तोकिएको समयमा चुनाव गरि छाड्ने र नयाँ नेतृत्व र सक्षम व्यक्तिलाई नेतृत्व बहनको जिम्मेवारी सुम्पिने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =