राप्रपा प्रजातान्त्रिकद्वारा चार सदस्यीय कार्यदल गठन

काठमाडौं, जेठ २५ ।  पार्टी एकीकरणका लागि वार्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले चार सदस्यीय कार्यदल बनाएको छ । बिचार मिल्ने दलहरूसँग बनाएकाे चार सदस्यीय कार्यदल राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले वरिष्ठ उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा  गठन गरेको प्रवक्ता किरण गिरीले जानकारी लिए ।

कार्यदलको सदस्यहरूमामा उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री सुनिलबहादुर थापा र उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य ठाकुरप्रसाद शर्मा रहेका छन् । समान बिचार भएका राजनीतिक दल, समूह, व्यक्तिसंग एकता, सहमति र सहकार्य गर्नका लागि सहजीकरण कार्यदल गठन गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।

राप्रपा (प्रजातान्त्रिक)को हालै काठमडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिले विभिन्न दल र समूहसँग वार्ता गरी पार्टी एकीकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । यो कार्यदलले कमल थापा नेतृत्वको राप्रपासहित साना राप्रपाहरूसँग पनि वार्ता र सम्वाद गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =