सुख भाेगकाे कथा, जसले तपार्इलार्इ बाटाे देखाउँछ

कहिले काहीँ स्वभाबिक रूपले हाम्रो मनमा यस्तो प्रश्न उठ्न सक्छ कि, म भगवानको सधैँ सेवा गर्छु, भजन भक्ति गर्छु, फेरि पनि मेरो जीवनमा दुःख र कष्ट आइ नै रहन्छ । अनि जो भजन भक्ति पनि गर्दैन, पाप कर्म गरेर अरूको धन लूटेर कमाइ गर्छ फेरि पनि उ सुखी छ । मोज मस्तीमा जीवन जिएको छ यस्तो किन ?

ठिक यही प्रश्न स्कन्दपुराणमा एक वैश्यवरले एउटा ज्ञानी बालक लाई सोध्छ्न। ध्यान दिएर पढ्नु होला । हामी आज जुन स्थितिमा छौँ त्यसको कारण यस कथाबाट प्रस्ट बुझिने छ ।

वैश्यवरले बालक लाई सोधे- यस लोकमा पापी मनुष्य पनि यति धनी अनि सुखी किन छन् ? जबकि उनीहरू पापकर्मको कारण कष्टमा हुनुपर्ने थियो,भगवानको विधानमा यो दोष किन ?

ज्ञान बालकले उत्तर दिन प्रारम्भ गरे र भने-संसारमा चार प्रकारका मनुष्यहरू छन्।

पहिला त्यो जसको लागि यस लोकमा त सबै प्रकारको सुख सुविधा सुलभ छ । धन,सम्पत्ति,सत्ता,प्रभाव,बाहुबल,सबैथोक । तर, परलोकमा उसलार्इ केही पनि प्राप्त हुँदैन।

उनीहरूको पूर्वजन्मको जुन पुण्य शेष छ त्यसलार्इ उनीहरू यस लोकमा भोगी रहेका छन् । तर, उनीहरू पुण्य कमाउँदैन यसकारण यस्तो मनुष्यहरूको सुख भोग केवल यही लोक मै रहन्छ, अर्को जन्मको लागि उनीहरू केही पनि शेष छोडेर जादैनन भने उनीहरूको अर्को जन्म त्यही रूपमा हुनेछ जसलार्इ देखेर आज उनीहरू काम्ने गर्छन्।

दाेस्राे प्रकारको व्यक्ति तिनीहरू छन् जसकाे लागि परलोकमा सुखको भोग सुलभ छ, तर यस लोकमा छैन किनकि,उनीहरूको पहिलो जन्मको सूचित पुण्य छदैछैन र उनीहरू तपस्या गरेर नयाँ पुण्य कमाउँछन यसैले परलोकमा सुखको भोग प्राप्त हुनेछ।

तपस्याको अर्थ केवल देव साधन मात्र हुँदैन। कर्म साधना पनि तप हो। उचित कर्म कुनै तपस्या भन्दा कम हुँदैन। किनकि यस संसारमा रहेर सही मार्गमा हिंड्न् कठोर साधन भन्दा कठिन छ।

तेस्रो प्रकारको व्यक्ति तिनीहरू हुन जसकाे लागि यस लोकमा पनि अनि परलोकमा पनि सुख भोग मिल्ने गर्छ । किनकि उनीहरूको पहिला गरिएको पुण्य पनि विद्यमान छ, अनि यस लोकमा आएर पनि उनीहरू उत्तम मार्गको अनुसरण गर्दै कर्मतप द्वारा नयाँ पुण्य बनार्इ रहन्छन। यस्तो मनुष्य कोही कोही मात्रै हुने गर्छन्।

चौथो प्रकारको मनुष्य त्यो हो, जसकाे लागि न त यस लोकमा सुख छ न परलोकमा नै छ । किनकि उ सङ्ग पहिलाको कुनै सूचित पुण्य त छैन नै अनि यस लोकमा पनि उ पुण्य कमाउँदैन । यस्तो नीच मनुष्य लाई धिक्कार छ । यस्तो मनुष्य सर्बदा त्यागको योग्य छन् । यस्ता मनुष्य यस लोकमा अपमानित भएरै जीवन बिताउँछन भने नजाने, कति जन्म कति जीवन बित्ने गर्छ तबसम्म जब सम्म कुनै तपस्वी गुरु द्वारा ज्ञान र मार्गदर्शन प्राप्त हुनेछैन।

अतः
एक सन्त महात्मा भन्नू हुन्छ
दुःख जीवनमा आउनु भनेको पतित हुनुको फल होइन, दुःख त मनुष्यको सुख भोगको आसक्तिलाई मेटाउनको लागि आउने गर्छ।

हरि शरणम
हरे कृष्ण
हरि बोल
बैदिक सनातन धर्मबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *