स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगको लागि दक्षिण कोरीयासँग प्रस्ताव पेश गर्न आग्रह

धरान, जेठ २४ । नेपालका लागि दक्षिण कोरीयाली राजदुत पार्क योङ सिकले स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका एशियाकै ठुलो अस्पतालको उपमा पाएको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक सहयोगको लागि दक्षिण कोरीयासँग प्रस्ताव पेश गर्न आग्रह गरेका छन् ।

बिहिबार बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यलयमा पदाधिकारीहरु सँगको छलफलमा सिकले सो कुरा बताएका हुन् ।

सिकले आफुहरु विश्वमा कोईकाको सहयोग मार्फत स्वास्थ्य सम्बन्धी बिभिन्न गतिबिधीहरु गर्दै आएको जानकारी दिँदै स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रमहरु ल्याइने भएको हुँदा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पनि आफूलाई आवश्यक कुराहरुको प्रस्तावना पेश गर्न आग्रह गरेका हुन् ।

२०२० सम्ममा नेपालका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्यका साथ नेपालले काम गर्दै गरेको स्मरण गराउँदै सिकले स्वास्थ्य विभागले हरेक नागरिकको स्वास्थ्य बिमामा सहयोग पु¥याउने दावी गरे ।

सिकले हाल सम्ममा कोईकाको सहयोगमा नेपालमा ३३ जिल्लामा स्वास्थ्य बिमा पु¥याईएको र भक्तपुरमा कोरीयाकै समन्वयमा क्षयरोग सम्बन्धी अस्पतालका बिभिन्न क्षेत्रमा कार्यक्रमहरु समेत लागु गरिँदै आएको जानकारी गराए ।

सिकले यस्ता किसिमका गतिविधिले पनि नेपालमा दक्षिण कोरीयाले सहयोगी हातहरुको भूमिका खेलिरहेको दावी गरे । साथै सिकले व्यवस्थित तवरले चल्दै आएको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनताको कामलाई सहयोग गर्ने अपेक्षा समेत व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरुले सिकलाई प्रतिष्ठानको मायाको चिनो स्वरुप प्रतिष्ठानका गतिविधि समेटेर तयार पारिएको पुस्तक तथा मायाको चिनो र खदा ओढाएर सम्मान गरेका थिए ।

छलफलपछि सिकले प्रतिष्ठान परिसरमै टीकको विरुवा रोपी बुधबार मात्रै सम्पन्न पिश्व वातावरण दिवसको समेत सम्झना दिलाएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री डा. नारायण खडका, बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाईरेक्टर डा. गौरीशैकर शाह, शिक्षा अध्यक्ष डा. गुरु खनाल, डा. पारस पोखरेल, डा. बद्री प्रसाद बडु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =