कालीकोटमा भिरबाट खसेर एकको मृत्यु

कालीकोट, जेठ २४ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा बाख्रा गोठालो गएकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ ।

नरहरिनाथ गाउँपालिका–७ निवासी २७ वर्षीया सरु बटालाको वनमा बाख्रा हेर्न गएका बेला स्याउला काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको हो ।

उनीको बुधबार दिउँसो भिरबाट खसेर टाउको र ढाडमा गम्भीर चोट लागेको अवस्थामा घरमा ल्याएको र उपचारका लागि लैजाँदा राति नै मृत्यु भएको स्थानीय अभिभावक बलबहादुर बुढाले जानकारी दिएका छन् ।

बुढाका अनुसार मृतक सरुका दुई छोरी र सात महिनाका एक छोरा छन् ।

अछाम जिल्लाको सीमामा जोडिएको उक्त गाउँबाट उपचारका लागि चार घण्टा टाढाको दूरीमा जानु पर्ने बाध्यता रहँदै आएको छ ।

कालीकोट जिल्लाका अति दुर्गम क्षेत्रका रुपमा रहेको नरहरिनाथ गाउँपालिकामा अहिले सडकले छोएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =