विपद जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्छाै: गृहमन्त्री थापा

काठमाडौं, जेठ २३ । सरकारले विपद जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने घोषणा गरेको छ। गृहमन्त्री रामबहादुर थापाले विपद जोखिम न्यूनिकरणका लागि कार्यकारी अधिकारसहितको विपद जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने घोषणा गरेका हुन्।

बुधबार काठमाडौंमा आयोजित ‘विपद जोखिम न्यूनिकरणसम्बन्धि अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले प्राधिकरण छिट्टै गठन हुने र त्यसले विपद जोखिम न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे।

नेपालमा बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिका कारण हरेक वर्ष औसतमा ९ सय जना मानिसको ज्यान जाने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ।

गृहमन्त्री थापाले सरकारले विपद जोखिम न्यूनिकरणका लागि स्थानीय तहसम्मै संरचना खडा गरेर अघि बढ्ने योजना सरकारले अघि सोरेको पनि जानकारी दिए।

उनले विपद जोखिम न्यूनिकरणका लागि ऐन, कानुनमा सुधार गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =