यस कारण गरियो भगवती चौधरीलाई सम्मान (भिडियो सहित)

काठमाडौं, जेठ २२ । लघुवित्त कार्यक्रम मार्फत महिलालाई आर्थिक क्षेत्रमा अगाडी बढाउन महत्वपूर्ण योगदान पुर्याउनु भएकी नेतृ भगवती चौधरीलाई सम्मानित गरिएको छ । गत शुक्रबार मकालु खबरको प्रथम वार्षिकोत्सवको अवसर पारेर राजधानीमा महिला नेतृ चौधरीलाई सम्मानित गरिएको हो ।

सामाजिक क्षेत्र र महिला शशक्तिकरणमा अनवरतरुपमा सक्रिय हुनुभएकी नेतृ चौधरीलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराज मणि पोखरेलले सम्मान गरेका हुन् ।

दुई दशकदेखि फरवार्ड नेपाल नामक सामाजिक संस्था र फरवार्ड माइक्रोफाइनान्स मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी गरिबीको रेखामुनी रहेका महिलाको जिवनस्तर उकास्न योगदान पुर्याएकी नेतृले देशका ४० भन्दा बढि स्थानमा दुई लाख बढि महिलाहरुको जिवनस्तर उकास्न सहयोग गरेकी छिन ।

विशेषगरी तराई मधेशका महिलाहरु आर्थिक, सामाजिक र सांस्कृतिक तवरले चुल्हो र चौका भन्दा बाहिर निस्कन सक्ने अवस्था छैन, घर, समाज र समुदायमा पुरुषको मात्र बोलवाला रहेको अवस्थामा नेतृ चौधरीले महिला शशक्तिकरणसँगै उनीहरुमा रहेको परम्परागत सिपलाई उजागर गर्न लगानी गरिन्।

पशुपालन, आधुनिक तरकारी खेती, सिलाई बुनाई जस्ता सिपमुलक क्षेत्रमा फरवार्ड माइक्रोफाइनान्स मार्फत महिलाहरुलाई संगठित गर्दै उनीहरुलाई सामुहिक जमानीमा लाखौं रुपैंया लगानी गर्दा ती समुदायको जिवनस्तर नै सुध्रिएको छ ।

फरवार्ड मार्फत तरार्इ मधेशका महिलाहरूले सामुहिक तथा ब्यक्तिगत रूपमा कृषि खेती, पशुपालन, सिलार्इ बुनार्इ, ब्यूटि पार्लर, ब्यवसाय गर्दै परिवारकाे अार्थिक अवस्था सुधार्न लागि परेका छन् ।

सुनसरी क्षेत्र नं. ३ दुहवीबाट महिलाहरुलाई शशक्तिकरण गर्दै आएकी नेतृ चौधरी महिलालाई अगाडी बढाउने हो भने, उनीहरुलाई आर्थिक क्षेत्रमा बढि अधिकार दिनुपर्ने धारणा राख्छिन । घर परिवारमा आर्थिक कुरामा निर्णय गर्ने अधिकार महिलालाई दिईयो भने, त्यहाँ महिला हिंसा समेत कम हुने उनकाे विचार छ ।

सानै उमेरदेखि सामाजिक, आर्थिक क्षेत्रमा संघर्ष गर्दै आउनु भएकी नेतृ चौधरी २०६४ सालको संविधानसभामा सभाषदका रुपमा समेत संविधान निर्माणमा सक्रिय हुनहुन्थ्यो, भने बन तथा भुसंरक्षण राज्यमन्त्री समेत भएर देश र जनताका लागि योगदान दिएकी छिन ।

मकालु खबरको प्रथम वार्षिकोत्सवको अवसरमा नेतृ चौधरीसँगै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका पोखरा क्याम्पसका संरक्षक जोर्ज जोन, स्वास्थ्य क्षेत्र र सामाजिक क्षेत्रमा सक्रिय नोवेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा र नेपाली गीत संंगितका धरोहर संगीतकार, गीतकार शक्ति वल्लभलाई समेत सम्मानित गरिएको थियो ।
(हेर्नुहोस् भिडियो)

https://www.youtube.com/watch?v=2lYUsX8Mk6s&t=4s”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *