विश्व वातावरण दिवसको दिन पानीको मुहान सफाई

धरान, जेठ २२ । प्लाष्टिकको प्रदुषण हटाऔँ भन्ने नाराका साथ विश्वभरी वातावरण दिवस मनाउने क्रममा धरान १३ स्थित लाली गुराँस आमा समुहले भने धरानको खानेपानीको मुहान सर्दु खोलाको सफाई गरेका छन ।

सफाई गर्ने क्रममा ३ बोरा प्लाष्टिक र फोहोर मैला संकलन गरेर जलाइएको थियो । लाली गुराँस आमा समुहकी अध्यक्ष सीता राई भन्छिन्, अब हामी सधैँ  यो खोलाको सफाई गर्छौ, यसको लागि तपार्इँ सबै नगरका दिदी बहिनीहरुले पनि साथ सहयोग गर्नु पर्यो ।

सोहि दिन वातावरण तथा पर्यटन विकास केन्द्रले ओशो आश्रम को ध्यान हलमा आयोजना गरेको सर्दु खोलामा जैविक विविधता पार्कको बारेमा छलफल चलाएको थियो । धरान १३ वडाकी वडा सदस्य पदमा लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न सो छलफलमा केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले सर्दु जलाधार क्षेत्रको दिगो संरक्षणको लागि स्थानिय जनताको महत्वपुर्ण भूमीका रहने बताए ।

आन्तरीक पर्यटन प्रर्वद्धन गरी स्थानिय बासिन्दाहरुको आर्थिक अवस्थामा वृद्धि गर्ने उद्देश्यले सर्दुको खाली क्षेत्रमा जैविक विविधता पार्कको स्थापना गर्ने कार्ययोजना बनाइएको श्रेष्ठको भनाइ थियो ।

जलाधार क्षेत्रको जीवजन्तु वनस्पतीहरुलाई पनि कुनै असर नपर्ने गरी सो क्षेत्रमा जैविक वन, हर्वल गार्डेन, वासहरुको बगैँचा, चिहानधारीमा स्मृति पार्क, प्राकृतिक पौडी पोखरी, रक भ्यु टावर, चिडियाघर, आप गाछिमा नर्सरी फुलको पुल, तामाखानममा होम स्टे, ध्यान केन्द्र बनाउने प्रस्तावित योजनाहरु बनाइएको बताए ।

केन्द्रद्वारा प्रस्तावित सो पञ्च वर्षीय योजनालाई पुरा गर्न शुरुमा गुरु योजना बनाउन यसै वर्ष पहल गर्ने र आगामी वर्षदेखि बजेट दिन केन्द्रीय सरकारको वन मन्त्रालय, प्रदेशको भौतिक मन्त्रालय उपमहानगर पालिकामा प्रस्तावहरु पेश गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सो छलफलमा वडा सदस्य लिम्बुले भने, सर्दुमा हालै बनेको पुल सडकले त्यस क्षेत्रमा विकास र समृद्धि ल्याउनुपर्छ जसको लागि अब आमाहरुले हात बाँधेर बस्नु हुँदैन ।

त्यस्तै वीपी प्रतिष्ठानका डाक्टर अशोक ऐरले स्थानिय आमा समुहको सक्रियता बढेको देखेर आफुलाई पनि हौसला आएको बताउँदै यसै महिना आफनो चिकित्सक टोलीले त्यस भेगका जनताको निः शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिदिने बचन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =