मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सुन तस्करी रोक्न गृहमन्त्रीले मागे चीनको सहयोग

काठमाडौँ, जेठ २२ । यतिबेला नेपालमा सुन तस्करी प्रसंग निकै नै भाइरल छ । नेपालमा विभिन्न देशबाट तस्करीको रुपमा सुन भित्र्याइएको पाइएको छ ।

मंगलबार नेपालका लागि चीनका राजदुत यु होङसँग भेटवार्ता गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताएका छन् ।

तस्करीको नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको जवाफमा राजदुत होङले त्यस विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएकी छन् ।

थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमको चीन विरोधी क्रियाक्रलाप हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि उनीसँग आग्रह गरेका थिए ।

भेटमा राजदुत होङले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा चीनका सामाजिक सुरक्षा मन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गरेकी थिइन् ।

होङले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

प्रतिकृयाहरु
Loading...