प्रेटोलियम पदार्थको मुल्यबृद्धि फिर्ता नलिए सिंहदरबार अघिल्तिर धर्ना दिने

“
काठमाडौं, जेठ २२ । सरकारले पटक–पटक प्रेटोलियम पदार्थको मुल्यबृद्धि गर्दै सर्वसाधारण जनताको ढाड सेक्ने काम गरेको भन्दै राप्रपा प्रजातान्त्रिकको प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविस)ले घोर आपत्ति जनाएको छ ।
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष निराजन बमले कम्युनिष्ट सरकारले सर्वसाधारण जनतालाई राहत दिनुको सट्टा उल्टै जनजिविकामा असर गर्नेगरी मुल्यबृद्धि गरेर निरंकुशता प्रकट गरेको बताए ।
एक महिनाको अन्तरालमा चार–चार पटक मुल्य बृद्धि गरेर सरकार निम्न आय स्रोत भएका जनता प्रति निरंकुश भएको भन्दै तत्काल मुल्यबृद्धि फिर्ता नगरे आफुहरु सिंहदरबार अघिल्तिर धर्ना बस्ने उपाध्यक्ष बमले चेतावनी दिए । ‘पटकपटकको मुल्यबृद्धिले काठमाडौं मात्र हैन दुर दराजमा रहेका नेपाली समेत प्रभावित भएका छन्, तत्काल मुल्यबृद्धि फिर्ता नलिए देशभरका युवाहरुलाई सिंहदरबार अगाडी उतार्न बाध्य हुनेछौं ।’ उनले भने ।
‘लगातार प्रेटोलियम पदार्थको मुल्य बृद्धिले कम आयस्रोत भएका जनता मर्कामा परेका छन्, यो मुल्यबृद्धिले काठमाडौं मात्र हैन, दुरदराजमा रहेको कर्णाली प्रदेशका जनतासमेत प्रभावित भएकोले तत्काल मुल्यबृद्धि फिर्ता लिन आग्रह गर्दछौं ।’ उनले भने ।
उपाध्यक्ष बमले अघिल्लो सरकारले अन्यराष्ट्रिय तहमा प्रेटोलियम पदार्थको मुल्य समायोजना गर्न एक पटक मुल्य बृद्धि गर्दा अनेरास्ववियू लगायतका विद्यार्थी विद्यार्थीले संगठनले आन्दोलन गरेकोमा अहिले लगातार मुल्य बृद्धि गर्दा ‘चू’ सम्म नबोल्दा अचम्म लागेको बताए ।
‘अघिल्लो सरकारले एक पटक मुल्य बृद्धि गर्दा सडक तताउने अनेरास्ववियूका अध्यक्ष जो यतिबेला माननीय समेत हुनुहुन्छ, उहाँ अहिले मौन बस्नुको अर्थ स्पष्ट रुपमा उहाँहरु जनता प्रति उत्तरदायी हुनुहुन्न भन्ने देखिन्छ ।’ उनले भने ।
पूर्वमन्त्री दीपक बोहराका स्वकीय सचिब समेत रहेका बमले लगातारको मुल्यबृद्धिले काठमाडौंमा कोठा भाडामा लिएर अध्ययन गर्ने विद्यार्थी र दुर दराजमा बस्ने कमजोर आर्थिक अवस्था भएका जनतालाई प्रत्यक्ष असर परेको भन्दै मुल्यबृद्धिको विरोधमा देशभर युवाहरु सडकमा उत्रने चेतावनी दिए ।
“








