आऊ तिमी पत्थरिलो चट्टान बनेर आऊ(कविता)

 

शुलभ तिमी शुलभ होइन
पत्थरिलो चट्टान बनेर आऊ
दलित बस्ती–बस्तीका
पिडा चिर्ने एउटा सशक्त कलम बनेर आऊ
न्याय र निशाफ खोज्नेहरुको
एक दरिलो जंजीर बनेर आऊ

शुलभ तिमी शुलभ होइन
पत्थरिलो चट्टान बनेर आऊ
खुकुरीको धारमा पाइला राखेर आऊ
सत्य–तथ्यको बाटा अँगाल्दा
अवरोध गर्नेको मुटु चिर्ने सामर्थ्य बोकेर आऊ
आऊ तिमी आऊ बिहानीको लाली किरण झैँ
शब्द शब्दमा कलम चलाएर आऊ

मैँले त तिम्रो वार्षिकोत्सवमा
शुभकामना दिन कोरेको शब्द मात्र हो
यहि शब्दका साँध तिमीले चिरेर देखाउ
अनि कोरेर जनतामाझ तिमीले
आफ्ना कठोर, गहकिला र सशक्त शब्दहरु
उठाइ पस्किएर आऊ

शुलभ तिमी शुलभ होइन
पत्थरिलो चट्टान बनेर आऊ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =