१० अर्ब ठगी गर्ने सुधिर बस्नेत रिहा, अब के गर्लान् ?

काठमाडौं, जेठ, २२ । सहकारी मार्फत सयौं सर्वसाधारणको अरबौं ठगी गरेका सुधिर बस्नेत छुटेका छन् । ओरियन्टल कोअपरेटिभ लि. बाट सयौं सर्वसाधारणको १० अर्ब ठगीको आरोपमा जेल परेका सुधिर बस्नेत छुटेका हिजो सोमबार छुटेका हुन् । डिल्लीबजार सदरखोरले बस्नेत छुटेको पुष्टि मंगलबार गरेको छ ।

ओरेन्टल सहकारी, कोहिनूर हिल (हाउजिङ) आयुसा बिल्डर्सलगायत आठ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत २०७३ पुस १३ मा पक्राउ परेका थिए ।

सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई जेल सजाय सुनाएको थिए । ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो ।

भक्तपुरले पनि २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना असुल हुने फैसला सुनाएको थियो । जेल सजाय काटेपछि बस्नेत जरिवाना तिरेर छुटेका हुन् ।

विसं २०५३ मा दर्ता भई सञ्चालनमा आएको ओरेन्टलले २०६९ साल साउनदेखि करिब ११ हजार बचतकर्ता तथा निक्षेपकर्ताको झन्डै चार अर्ब साँवा तथा ब्याज भुक्तानी दिन सकेको छैन । ओरेन्टल सहकारीमा चर्काे ब्याज पाउने आशामा सर्वसाधारणाले पाँच लाखदेखि १९ करोडसम्म बचत गरेका थिए ।

पूर्वन्यायधीस गौरबहादुर कार्कीको समस्याग्रस्त सहकारीका लागि उच्चस्तरीय जाँचबुझ आयोगमा १२ हजार बचतकर्ताले १ सय ३४ सहकारी संस्थाले ११ अर्ब रुपैयाँ बचत फिर्ता नगरेको भन्दै उजुरी दिएका थिए । जसअनुसार ७ अर्ब ५८ करोड रुपैयाँ साँवा र २ अर्ब ३९ करोड रुपैयाँ व्याज फिर्ता नपाएको देखिएको छ ।

हाउजिङ बुकिङकर्ताले बुकिङ गरेको वर्षौ वित्दा पनि हाउजिङ नपाएको भन्दै १ अर्ब ३६ करोड रुपैयाँ दाबीसहित आयोगमा उजुरी दिएका थिए । सरकारले ०७० कात्तिक २७ गते पूर्वन्याधीस कार्कीको संयोजकत्वमा उच्च स्तरीय आयोगको गठन गरेको थियो ।

आयोगले तत्कालीन प्रधानमन्त्री शुसील कोइरालालाई ०७१ जेठ ५ गते प्रतिवेदन र नयाँ सहकारी ऐनको मस्यौदा बुझाएको थियो । सहकारी ऐनको सोही मस्यौदालाई केही संसोधन र परिमार्जन गरी संसदले पारित गरेको हो । कार्की संयोजकत्वको आयोगले सहकारी ठगलाई २० वर्षसम्म जेल सजाय गर्न सुझाएको थियो ।

अहिले नेपालमा रहेका ३३ हजार सहकारीमध्ये १३ हजार बचत तथा ऋणको कारोबार गर्छन् । आवश्यक अनुगमन नहुँदा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु संस्थाहरुमा अनेकौं विसंगति देखिएको समितिका सदस्य विज्ञ दीपक पौडेलले बताए ।

स्राेतका अनुसार बस्नेतले पुनः हाउजिङ ब्यवसाय र सहकारीलार्इ उकास्न लाग्ने याेजना बनाएका छन् । यद्यपि, सहकारी र हाउजिङ क्षेत्रमा नम भन्दा बदनाम कमाएर सयाैंलार्इ विचल्लीमा पारेका बस्नेतलार्इ कुनै ब्यवसायीले विस्वास गरिहाल्ने अवस्था भने छैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *