भारत लैजाँदै गरेको तस्करीको १२ टन बढी मरिच बरामद

वीरगञ्ज, जेठ २२ । प्रहरीले तस्करी गरेर भारततर्फ लैजाँदै गरेको अन्दाजी १२ टन मरिच बरामद गरेको छ । प्रहरीले वीरगञ्जबाट सोमबार साँझ मरिच बोकेको युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रकबाट १२ टन मरिच बरामद गरेको हो ।

रक्सौल नाकामा रहेको शंकाराचार्य गेट कटिसकेको अवस्थामा भारतीय ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मरिच आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

चालक भारतको युपी कानपुर जिल्ला घर भएका ३२ वर्षीय धमेन्द्र कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । सीमावर्ती प्रहरी चौकी इनर्वाले बरामद गरेको मरिचको बजार मूल्य १ करोडभन्दा बढी हुने अनुमान प्रहरीको छ ।

प्रहरीका अनुसार, बरामद गरिएको एक ट्रक मरिच जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ भने थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =