गाउँपालिकाले बाँड्यो जनप्रतिनिधीलाई मोटरसाइकल र मोबाइल

गुल्मी, जेठ २१ । गुल्मीदरबार गाउँपालिकाले वडाध्यक्षलाई मोटरसाइकल र मोबाइल फोन वितरण गरेको छ । जनप्रतिनिधीहरुको बिहानदेखि साँझ अबेरसम्मको व्यस्थतालाई मध्यनजर गर्दै गुल्मी गाउँपालिकाले ७ वटै वडाअध्यक्षदेखि गाउँ कार्यपालिकाका सदस्यलाई मोटरसाइकल र मोबाइल वितरण गरेको हो ।

तत्कालको लागि जनप्रतिनिधीहरुले लिने सुबिधा केही नभएको भन्दै बिहानदेखि काममा खट्नु पर्ने भएकाले मोवाइल र मोटरसाइकल सुबिधा दिइएको गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले भने । उनले भने, हामीले त अलि ढिला गर्‍यौं काठमाडौंमा त उहिले बाँडिएको थियो । जनप्रतिनिधिलाई काममा सहजता ल्याउनको लागि सुबिधा दिएको हो ।

ज्ञापनपत्र बुझाउन आएको गुल्मी नागरिक समाजले जनप्रतिनिधीलाई मोबाइल र मोटरसाइकल किनेको बारे प्रश्न उठाएपछि गाउँपालिका अध्यक्ष थापाले निर्णयको बचाउ गरेका थिए ।

गुल्मी नागरिक समाजका अध्यक्ष यमबहादुर थापासहितको टोलिलेले गाउँपालिकामा बिभिन्न १० बुँदे ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले जनप्रतिनिधीलाई मोवाइल किन्नेदेखि मोटसाइकललगायत अरु बिकास निवर्माणका कामहरु पारदर्शी र प्रभावकारी तबरबाट नभएका बिषय बस्तु उठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *