प्रधानमन्त्री ओली चीन जानु अगावै दुई जोडी गैँडा उपहार
२०७४ जेठ १५ गते

“
काठमाडौँ, जेठ २० । प्रम केपी शर्मा ओली असार पहिलो साता चीन जाने तयारीमा छन् । तर प्रधानमन्त्री ओली चीन जानु अगावै चीनलाई गैँडा उपहार दिने सबै तयारी सकिएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका अधिकारीहरुले चीनीयाँ राजदूत यू होङलाई आइतबार जानकारी गराएका हुन् ।
सरकारले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने घोषणा गरिसकेको छ । प्रम केपी ओली चीन जानु अगावै सरकारले चीनलाई जोडी गैंडा उपहार दिने तयारी गरेको हो ।
उपहार दिइने जोडी गैँडा सौराहाको बुमामा राखिएको छ । डेढ देखि दुई वर्ष सम्मका जोडी गैँडा चीनियाँ हवाईजहाजमा काठको खोरमा राखेर गैंडा चीन लगिने तयारी रहेको मन्त्रालयले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








