बाध्यताले निर्वाचनका लागि विद्यालय प्रयोगः प्रमूख आयुक्त यादव
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, मंसिर १ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्यालयमा मतदान केन्द्र राख्नु निर्वाचन आयोगको बाध्यता भएको बताउनुभएको छ । राजनीतिक दल र उम्मेदवारहरुलाई ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने भावनाको पालना गर्न दबाब दिने उद्देश्यले विभिन्न ९ ओटा संघ–संस्थाले आज राजधानीमा गरेको कार्यक्रममा डा. यादवले सरोकारवाला निकायले अरु कुनै विकल्प नदिएकाले विद्यालयमा छिर्नु आयोगको बाध्यता भएको बताउनुभयो ।
उहाँले वैकल्पिक व्यवस्था नभएकाले कतिपय विद्यालयमै मतगणना गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन सकिएको पाँच दिनभित्र मतपरिणाम आइसक्ने जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई कुनैपनि दलको आमसभा र कार्यक्रममा प्रयोग नगर्न दलहरुलाई आग्रह गर्दै यस्तो गरेको पाइएमा कारबाही गरिने चेतावनी दिनुभयो ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित