नवनियुक्त उपप्रधानमन्त्री पोखरेलद्वारा पदबहाली

काठमाडौ, जेठ २० । नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गरेका छन् ।

उनी मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षेत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले हार्दिक स्वागत अभिवादन गरेका थिए । यसअघि उनले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक सरकार विस्तार गर्दा रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी थप गरेका थिए ।

नवनियुक्त उपप्रधानमन्त्री पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =