राष्ट्रकवि घिमिरेलाई निमोनिया, फेरि अस्पताल भर्ना

काठमाडौँ, जेठ २० । राष्ट्रकवि माधवप्रसाद घिमिरे भारतमा उपचार गरेर फर्किएको भोलिपल्ट पुनः अस्पताल भर्ना भएका छन् । भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गरेर स्वदेश फर्किएका राष्ट्रकवि घिमिरेलाई बाइल्याट्रल निमोनिया देखिएकोले पुनः अस्पताल भर्ना भएका हुन् ।

उनलाई बाइल्याट्रल निमोनिया देखिएकोले ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत गएका थिए ।

मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =