यस बर्षको ‘मनसुन’ विगतका बर्ष भन्दा केही अगावै शुरु हुने

काठमाडौं, जेठ २० । यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने भएको छ ।

अ्रग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविदहरुको भनाइ छ ।

भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरु भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने बताइएको छ ।

दक्षिय एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरु हुने मौसमी क्यालेन्डर तय गरेको छ ।आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *