लम्कीचुहा नगरस्तरीय बाल संजालको अध्यक्षमा देबकोटा

बौनिया, जेठ १९ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीमा शनिबार नगरपालिका स्तरीय बाल संजालको पुनर्गठन तथा बाल अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

लम्कीचुहा नगरपालिकाको आयोजना र नगर बाल संजाल लम्कीचुहाका अध्यक्ष हेमा रिमालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापा रहेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख थापाले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागी लम्कीचुहा नगरपालिका प्रयासरत रहेको बताए।
बालबालिकाले ल्याएका योजनाहरुलाई नगरपालिकाले सहयोग गर्ने उल्लेख गर्दै आफना अधिकारका लागि बालबालिका आफैले पनि आवाज उठाउनु पर्ने उपप्रमुख थापाले बताए ।

लम्कीचुहा नगरपालिकाका १० वटै वडाका वडा स्तरीय बाल संजालका पदाधिकारी तथा बालबालिकाहरुको उपस्थितिमा भएको कार्यक्रमले यशोदा देबकोटाको अध्यक्षतामा १३ सदस्यीय नगरपालिका स्तरीय बाल संजालको पुनर्गठन समेत गरिएको छ ।

नवगठित नगर बाल संजालको उपाध्यक्षमा रोहन तिमिल्सैना र भुपेन्द्र शाही, सचिवमा रेखा खड्का , कोषाध्यक्षमा मदन बिष्ट , सह सचिवमा कमल बि। क। र सह कोषाध्यक्षमा सुन्दर सिंह रहेका छन् ।

त्यसैगरी नगर बाल संजालको सदस्यमा सरिता खनाल , कमल तिमिल्सैना, गणेश देबकोटा, सुवास चौधरी , शान्ति तिमिल्सैना र बाबुराम भट्टराई रहेको लम्कीचुहा नगरपालिकाका वडा सचिव मनिराम खनालले बताएका छन् ।

कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष माया बिष्ट , वडा नम्बर ९ का वडा अध्यक्ष रामप्रसाद चौधरी , वडा नम्बर ७ का वडा अध्यक्ष हरिराम चौधरीले मन्तव्य राखेका थिए ।

त्यसैगरी कार्यक्रममा नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति लम्कीचुहाका अध्यक्ष मोतिप्रसाद उपाध्याय , सचिव रंगप्रसाद तिमिल्सैना , नेपाल पत्रकार महासंघ कैलालीका सदस्य देवानन्द न्यौपाने , बालबालिकाका तर्फबाट गणेश देबकोटा, यशोदा देबकोटा लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई लम्कीचुहा नगरपालिकाका वडा सचिव मनिराम खनाल र नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिती लम्कीचुहाका सचिव रंगप्रसाद तिमिल्सैनाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =