पार्टी वरियतामा अन्याय भएको छ : खनाल

काठमाडौँ, जेठ १९ । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी वरियतामा अन्याय भएको बताएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको २०० वर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर आएका झलनाथ खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददातासँग कुरा गर्दै वरियतामा आफूलाई तल पारेर अन्याय गरेको गुनासो गरेका हुन्।

नेता खनालले आफूले पार्टीभित्रै न्यायका लागि संघर्ष पनि गर्ने बताए। उनले भने, ‘पार्टी वरियतामा अन्याय भएको छ। यस अन्यायका विरुद्धमा पार्टीभित्र भिन्न मत राखेको छु म पाटी भित्रनै संघर्ष गर्दछु, न्याय पाउनका लागि आफ्नो लडाइलाई जारी राख्दछु तर बाहिर भन्ने कुरा म गर्दिन । पार्टीलाई एकजुट बलियो र दह्रो बनाउने कुरामा मेरो योगदान रहने छ।’

नेता खनालले कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै लगातार कम्युनिष्ट पार्टीहरूको एकताका लागि संघर्ष गरिराखेका कारण इतिहासलाई कसैले तलमाथि पार्नुपर्ने अवस्था नरहेको र खुला किताब जस्तै रहेको समेत स्पष्ट पारे।

चिनको कन्तुङ्ग प्रान्तको सेन्जीएनमा भएको कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा वरिष्ठ नेता झलनाथ खनाल चीन गएका थिए।

कार्यक्रममा विश्वका १६० भन्दा बढी कम्युनिष्ट पार्टीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =