मुग्लिन सडक माघीमा चार दिन खुल्ला !

चितवन, पुस २९ । चितवनको नारायणगढ–मुग्लिन सडक ४ दिन खुल्ला रहने भएको छ । माघे संक्रान्तिलाई ध्यानमा राखी राती बन्द हुंदै आएको सडक ४ दिन सम्मका लागि खुल्ला गर्न लागिएको हो । पुष १८ गते देखि राती १० देखि बिहान ४ बजे सम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

उक्त सडक आजदेखि माघ २ गते सम्म राती खुल्ला रहने छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार माघे संक्रान्तिमा उक्त सडक खण्ड हुँदै तिर्थालु देवघाट आउने भएकाले सडक खुल्ला गर्ने निर्णय गरिएको हो ।

दिउँसोमा पिच निर्माणको काम भएपनि सडक अवरुद्ध नहुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले सम्म निर्माणको काम ७१ प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *