रौतहट क्षेत्र नम्बर ४ मा किन दुर्इ पटक कोही जित्दैनन्

मंसिर २६, राैतहट । रौतहट ४ नम्बर क्षेत्रमा एक पटक जितेका उम्मेदवारले अर्को पटक जितेको इतिहास छैन । केन्द्रीय तह नेताहरूले समेत यस क्षेत्रबाट दोहोर्याएर जित्न सफल भएका छैनन् । २०४८ सालमा बंशिधर मिश्रले जिते ,काग्रेसका उद्धव ढकालले हारे । २०५१ को मध्यावधी चुनावमा उद्धव ढकालले जीते डा.बशिधर मिश्रले हारेका थिए ।

यस्तै २०५६ मा एमालेका माधव कुमार नेपालले जिते उद्धव ढकालले दोहोर्याउन सकेनन् । माधव नेपालले क्षेत्र छाडेपछि उप निर्वाचनमा प्रकाश कोइराला विजय भए रामकुमार भट्टराईले हारे । २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा देवेन्द्र पटेलले जिते माधव कुमार नेपाललले हारे ।

२०७० सालको दोस्रो निर्वाचनमा राम कुमार भट्टराईले जिते , काग्रेसका देव प्रसाद तिमल्सेनाले हारे । २०७४ को संसदीय निर्वाचनमा बामगठबन्धनबाट उठेका एमालेका नेता २०४८ मा जितेका डां बंशिधर मिश्र हारे, यसअघि २०५१ मा पनि मिश्र हारेका थिए । २०७० सालमा हारेका काग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सेना यस पटक विजयी भए ।

पहिले ४ नम्बर र सबिधान सभाको चुनावमा ६ नम्बर र अहिले पुन ४ नम्बर भएको यो क्षेत्रमा जनताले सधैँ नयाँ अनुहार खोज्ने गरेका छन् । ८५ हजार ६ सय २३ मतदाता रहेको रौतहट ४ नम्बर क्षेत्रमा गएको मङ्सिर २१ गतेको चुनावमा ६२ हजार सातसय ५९ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *