एसइईको नतिजा यस वर्ष ढिलो हुने

भक्तपुर, जेठ १७ । कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

उनले भने, “यस वर्ष जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव भयो, समयमै जिल्लाबाट परीक्षण सकिएको उत्तर पुस्तिका पनि आएन, केही उत्तर पुस्तिका अझै आउँने क्रम जारी नै छ, कर्मचारीको अभाव र परीक्षा नियन्त्रण कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारी भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन्छ ।”

नतिजा प्रकाशन छिटो गर्ने प्रयास भए पनि पनिकामा समेत यस वर्ष नयाँ कर्मचारी आएका कारण संपरीक्षण लगायतका कार्यमा ढिलाइ हुँदै गएकाले नतिजा ढिलाइ हुने भएको हो ।

गत चैत ८ गतेबाट शुरु भई १७ गते परीक्षा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =