गृहमन्त्री थापाले भने, गणतन्त्र र उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको छ

चितवन, जेठ १७ । गृहमन्त्री रामबहादुर थापाले गणतन्त्र उल्ट्याउने काम भइरहेको बताएका छन् । उनले बिहिबार सौराहामा आयोजित नेपाल राष्ट्रिय फोटो पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको भेला उद्घाटन गर्दा गणतन्त्र उल्ट्याउने काम भइरहेको बताएका हुन् ।

उनले भने, ‘हिजोको जस्तो स्थिती पैदा गर्न गणतन्त्र र उपलब्धिलाई उल्ट्याउने षडयन्त्र कायमै छ ।’

भ्रष्टहरुको स्टिङ अप्रेशन गर्न आग्रह गर्दै उनले फोटो पत्रकारहरू यस्ता गतिविधि चिर्न सफल हुनुपर्ने बताए । श्रम नगरी अकुत सम्पति आर्जन गरेकाहरूलाई प्रहार गर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *