एसएसपी श्याम खत्रीका नाममा इन्टरपोलमा नोटिस जारी

“
काठमाडौँ, जेठ १७ । साढे ३३ किलो सुन र सनम हत्या प्रकरणमा मुछिएका एसएसपी श्याम खत्रीका नाममा इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको छ । तस्करीको ३८ सय किलो सुन भित्र्याउन मुख्य भूमिका लेखेको अभियोग लागेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीका नाममा इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको हो ।
सुन प्रकरण र सनम हत्याको मुख्य नाइके भनिएका गोरे भने पक्राउ परिसकेका छन् ।
एसएसपी खत्रीसँगै गोरेका भाई रमेश उप्रेती र तस्करीको सुन मालिक भनिएका मोहनकुमार अग्रवालको नाममा पनि डिफ्यूजन नोटिस जारी भएको छ । डिफ्यूजन नोटिस जारी भएपछि उनीहरु अब १ सय ९२ देशको प्रहरी खोजीको सूचीमा हुनेछन्।
तस्करीको ३३ किलो सुन र सनम हत्याकाण्डको छानबिन गर्न समिति बनेपछि फरार एसएसपी खत्री देश बाहिर भएको सूचना पाएपछि मोरङ प्रहरीको आग्रहमा नेपाल प्रहरीको इन्टरपोल शाखाले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोल मुख्यालयलाई अनुरोध गरेको थियो ।
उनीहरू जहाँ भेटियो त्यहीको प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएर नेपाललाई खबर गर्छ। त्यसपछि प्रक्रिया पुर्याएर उनीहरुलाई सम्वन्धीत देशमा फिर्ता पठाउने प्रचलन छ।
“








