व्यवस्थापिका संसदको बैठक आज बस्दै, बजेटबारे छलफल हुने

काठमाडौँ, जेठ १७ । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५–७६ को बजेटबारे छलफल गर्नका लागि व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । सरकारले ल्याएको बजेटबारे संसदको आजको बैठकमा छलफल हुने भएको हो ।

सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन अनुसार आजबाट संसद बैठक शुरु हुने र यो क्रम केही दिन चल्ने संसद् सचिवालयले जनाएको छ ।

सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संसदमा प्रस्तुत गरेका थिए । यसमाथि विभिन्न खाले टिका–टिप्पणी भइरहेका बेला प्रमुख प्रतीपक्ष दल कांग्रेसले असन्तुष्टि जनाएको छ । उसले बजेटलाई बोझ बोकाउने हावादारी कार्यक्रमको पुलिन्दा भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =