चितुवाको आक्रमणबाट ३० वर्षीय महिला गम्भीर

राजविराज, जेठ १७ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् ।

स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता नदी छेउमा गाई गोरु चराउन गएको बेला एक्कासि आएको चितुवाले आक्रमण गर्दा उनी घाइते भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

घाइते सरदारको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =