सुनसरीका पुर्व सभासद किरण कुमार राई पुनः पक्राउ

धरान, जेठ १६ । अदालतले रिहा गर्ने आदेश दिए लगत्तै पाचोै पटक नेकपा विप्लव समुहका केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र न १ का पुर्व सभासद किरण कुमार राई लगायत चार जनालाई मंगलवार उच्च अदालत विराटनगरको परीसरवाटै प्रहरीले पुनः पक्राउ गरेको छ ।

गत चैत्र २७ गते धनकुटामा पहिलो पटक पक्राउ गरेको उनीहरुलाई अदालतले छाड्ने गरेता पनि प्रहरीले पटक पटक पक्राउ गरी सार्वजनिक झुटा मुद्धा लगाएर चार वटा जिल्लामा सारी सकेको छ । पछिल्लो पटक गत मंगलवार अदालतवाटै पक्राउ गरी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा एक घण्टा हतकडि समेत लगाएर राखेको कुरा राईका भाई ईश्वर राईले वताए ।

यस अघि कहिलै पनि हतकडि नलगाएको आस्थाका वन्दिहरुलाई मोरङ प्रहरीले हतकडि लगाएर उनीहरुलाई भेटन गएका मावनअधिकारवादि र पत्रकारहरुलाई समेत भेटन नदिएको अधिकारकर्मी हरुले वताए ।

यो त प्रहरीहरुको ज्यादति नै हो अदालतको अवहेलना गर्ने उल्टै विना कसुर हतकडि लगाएर मानवअधिकारको खिल्ली उडाएको कुरा अधिवक्ता विनोद तिमिल्सिना वताउछन । विराटनगरवाट उनीहरुलाई राती हिडाएर हाल झापाको चन्द्रगढि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

अदालतको आदेशको अवहेलना गर्दै गैरकानुनी रुपले थुनामा राखेको भन्दै अदालतका कर्मचारी राजकुमार दाहालको रोहवरमा छाड्न आदेश दिएको थियो तर प्रहरीले नछाडे पछि वर्तमान सरकारले विप्लप समुह माथी केहि समय कडा व्यवहार गरेर थकाउने नीति अख्तियार गरेको वताईन्छ ।

तर सरकारले जस्तो सुकै दमन गरे पनि आफुहरुले आत्मसमर्पण नगर्ने कुरा किरण राई वताउछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =