इलाममा पन्ध्र लाखको लागतमा पुस्तकालय निर्माण

इलाम, जेठ १६ । नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्माले युवापुस्तामा पठन संस्कृतिको विकास गर्नुपर्ने बताएका छन् ।

एघारौँ गणतन्त्र दिवसको अवसरमा मंगलबार शहीद स्मृति पुस्तकालयको उद्घाटन गर्दै शर्माले आधुनिकतासँगै पठन संस्कृति हराउँदै गएकाले पुस्तकालयमा पठन संस्कृतिको विकास गर्नु पर्नेमा जोड दिए ।

१५ लाखको लागतमा इलाम नगरपालिका–६, नारायणस्थानमा चारकोठे शहीद स्मृति प्रतिष्ठान भवन तथा पुस्तकालय निर्माण भएको हो ।

२०७० सालदेखि निर्माण शुरु गरिएको पुस्तकालय निर्माणमा आर्थिक अभाव हुँदै आएर निर्माण कार्य ढिलो भएको पुस्तकालयका जीवन शर्माले जानकारी दिएका छन् ।

पुस्तकालयकी अध्यक्ष टीकादेवी घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद राम राना, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, सूर्यवाला राई लगायतले बोलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *