बाँकेमा दुई कर्मचारी घुस लिँदै गर्दा पक्राउ
२०७४ जेठ १५ गते

बाँके, जेठ २३ – जिल्ला मालपोत कार्यालय बाँकेमा कार्यरत दुईजना कर्मचारीलाई अख्तियर दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ । नेपालगञ्जको धम्बोझिमा रहेको एनएफसी रेष्टुरेन्टबाट घुस रकम सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

खरिदार नरबहादुर सारु मगर र लेखनदास सर्जु थापाले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकादोको जग्गाको निर्णय प्रमाणित गरी बिक्री गर्ने प्रयोजनको लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । उनीहरु दुवै जनालाई सेवाग्राहीबाट चार लाख ९८ हजार घुस रकम लिँदै गरेको अवस्थामा सोमबार राति पक्राउ गरिएको अख्तियारका शाखा अधिकृत निराजन शर्माले जानकारी दिनुभयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








